Connect with us
Kapilvast Forest

राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी छैन: मन्त्री झाक्री

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

काठमाडौं-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)लाई अहिलेकै अवस्थामा रहन दिने बताएकी छन्।

मन्त्री झाक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन्।उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

२०७५ भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी तालिम केन्द्रलाई १८ महिनाभित्र काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो। तालिम केन्द्रको जग्गालाई राष्ट्रपति कार्यालले प्रयोग गर्ने भनिएको थियो।

सरकारको निर्णयप्रति प्रहरी अधिकारीहरू असन्तुष्ट थिए। उनीहरूले तालिम केन्द्रसँग प्रहरीको भावनात्मक सम्बन्ध रहेको र कतिपय तालिम काठमाडौंबाहिर असम्भव रहेको भन्दै तालिम केन्द्र नहटाउन लबिङ गर्दै आएका थिए। प्रहरीका अवकासप्राप्त कतिपय उच्च अधिकारीले ओली सरकारको निर्णय कार्यान्वयन गर्नै नहुने धारणा राख्दै आएका छन्।

गत साउनमा नेपाल प्रहरीका ११ अवकासप्राप्त महानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए। जसमा १४ जनाले हस्ताक्षर गरेका थिए।

मन्त्री झाक्रीले राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी नरहेको र आवश्यक परेको बेलामा पार्किङ गर्न तालिम केन्द्र प्रयोग गर्न सकिने बताइन्। उनले काभ्रेमा तालिम केन्द्र बनिसकेपछि पनि दुबैतिर काम हुने स्पष्ट पारिन्।

‘प्रहरी तालिम केन्द्रमा पुराना प्रहरी अधिकृतको स्वामित्व जोडिएको छ। कतिपय अधिकृतले निजी जग्गासमेत दिएको हुनाले त्यसलाई त्यही रूपमा संरक्षण गर्नुपर्छ,’ उनले भनिन्,’राष्ट्रपति भवनलाई हामीले विस्तार गर्नुपर्ने छैन। काभ्रेमा तालिम केन्द्र बन्यो भने त्यहाँ र यहाँ रहन्छ। कुनै पनि संस्थाको संस्थागत महत्व र इतिहालाई नै हटाउन हुँदैन भन्ने छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu