Connect with us
Kapilvast Forest

पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि

२०७८, २ माघ आईतवारमा प्रकाशित

 

काठमाडौँ – हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ।

पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो।

हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, विनीतकुमार र अप्पभु मुथुसामिसहित नेपाली  राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा परेका धिरज बस्नेत तथा घरेलु प्रतियोगिताका उदयमान खेलाडी नवीन महतोको साथ थियो।

यता, आर्मीमा मान बहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरि अधिकारी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी उपाधि जित्न सफल भयो। गत वर्ष आर्मी गण्डकी प्रदेशसँग पराजित भएको थियो।

शनिबार नै सम्पन्न महिलातर्फको फाइनल खेलमा आर्मीलाई एपीएफले २५-२३, २५-१५, २५-२० को सेटमा सहजै पराजित गर्दै उपाधि जित्यो।

प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान तीन लाख प्राप्त गर्नेछन्। यस्तै, उपविजेता टोली हेल्प नेपाल र महिलातर्फको आर्मीले समान एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

६ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ साबिक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu