Connect with us
Kapilvast Forest

वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित १० जना पक्राउ

२०७८, २ माघ आईतवारमा प्रकाशित

pakrau

 

सुर्खेत -सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१० स्थित रहेको होटल बुलबुले भ्यु टु को कोठा नं. २०६ , २०३ र वीरेन्द्रनगर बजार एरिचोकबाट उनीहरूलाई पक्राउ गरिएको हो। उक्त स्थानमा लागू औषध कारोबार भइरहेको भन्ने सूचना थाहा पाएपछि प्रहरीले छापा हानेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ५ जना वीरेन्द्रनगरका, ४ जना दैलेख र एक जना कालिकोटमा रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने वर्ष ३० को सुमन खत्री, २२ वर्षका कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर–४ बस्ने वर्ष २३ को रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा रहेका छन्। त्यस्तै दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दीपक थापा, नानपा ११ का २९ वर्षीय सागर चन्द, ८ बस्ने वर्ष २३ को क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–१ बस्ने वर्ष २४ को डम्बर खड्का छन् । यस्तै कालिकोट महाबै गाउँपालिका –३ बस्ने वर्ष २२ को जीवन सिंह पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागू औषध ब्युरोबाट खटिएका टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ६३० मि.लि. ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस ४ ग्राम र गाँजाको धुलो ३२ ग्राम सहित बरामद गरिएको सूचना अधिकारी घर्तीले बताए ।

विशेषगरी उक्त होटेल रहेको क्षेत्र (बसपार्क क्षेत्र)मा लागु औषधको कारोबार बढी हुने गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu