Connect with us
Kapilvast Forest

मानवीय सहायता सामाग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

२०७८, २ माघ आईतवारमा प्रकाशित

 

काठमाडौं- परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली सहयोग सामाग्री लिएर अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ। हिमालय एयरको चार्टर जहाजबाट परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको टोली १४ टन खाद्य, लत्ताकपडा औधषी लगायतका सामाग्री लिएर आइतबार बिहान काबुल प्रस्थान गरेको हो।

 

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खडकाले नेपालको इतिहासमा पहिलो पटक हवाइ जहाज चार्टर गरेर मानवीय सहयता पठाइएको बताए। मन्त्री खडकाले भने, ‘नेपाल लिन मात्र हैन संकट परेको बेलामा अन्य मुलुकलाई दिन पनि सक्छ।’ परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा टोली काबुल गएको हो। नेपाली टोलीले काबुल स्थित राष्ट्रसंघको कार्यालयमा नेपालबाट लगिएको सामाग्री बुझाउने छ। नेपाली टोली आजै स्वदेश फर्किने छ।

निजी क्षेत्रको योगदानमा सरकारले अफगानिस्तानमा सहयोग सामाग्री पठाएको हो। तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानवीय संकट उत्पन्न भएको अफगानिस्तानलाई राष्ट्रसंघको आग्रहमा नेपाल सरकारले सहयोग सामग्री पठाएको हो।

सार्क अध्यक्ष राष्ट्र नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग पठाएर अभिभावको भुमिका समेत निर्वाह गरेको छ। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढेकाले सरकारले उद्दार कार्य गरेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu