Connect with us
Kapilvast Forest

आलु खेतीमा किसानको आकर्षण बढ्दै 

२०७८, ३ माघ सोमबारमा प्रकाशित

 

बाजुरा-बाजुराका अधिकांशं किसानमा पछिल्लो समय आलु खेतीमा आकर्षण बढेको छ । धान, गहुँ कोदोजस्ता अन्नबालीभन्दा आलुको उत्पादन राम्रो हुन थालेपछि बाजुराका किसानका लागि आलु खेती रोजाइमा परेको हो ।

दुई रोपनी जमिनमा सधै धान गहुँ लगाउँदा राम्रो उत्पादन नभएपछि अहिले त्यहि जग्गामा आलु खेती सुरु गरेको बूढीगङ्गा नगरपालिका – ८ का भिमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “मसँग पाँच रोपनी जमिन छ, सबै जमिनमा अन्नबाली लगाउँदै आएको थिएँ, अन्नबाली उत्पादन पनि राम्रो नहुने र खान पनि नपुग्ने भएपछि अहिले आलुखेती गरेपछि त्यसले घरपरिवारलाई खान पुगेको छ ।”

अन्नबाली लगाउँदा मेहनेत पनि धेरै गर्नुपर्ने र त्यसका लागि छ महिनासम्म कुर्नपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अहिले आलु खेती तीन तीन महिनामै राम्रो उत्पादन गर्नेगरेको छु बुढाले भन्नुभयो, “पाँच रोपनी जमिनमा धान, कोदो लगाउँदा दुई महिना पनि खान पुग्दैन थियो, आलु खेतीले बाह्र महिना खान पुगेको छ ।,”

धान, कोदोभन्दा पछिल्लो समय आलुले राम्रो बजार पाउन थालेपछि बाजुराका किसानमा पछिल्लो समय आलु खेतीमा आकर्षण बढ्दैगएको स्थानीयको भनाई छ । आलु उत्पादन, प्रयोग र बिक्री गर्न सहज भएकाले अहिले बाजुराका अधिकांशं किसान धान कोदो छाडेर आलुखेती गर्न थालेका छन् ।

बाजुराको बडिमालिका, बूढीनन्दा, बूढीगङ्गा, त्रिवेणी, हिमाली, जगनाथ स्वामिकार्तिक, खप्तड छेडेदह, गौमुललगायतका विभिन्न ठाउँमा एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिक टन आलु उत्पादन हुनेगरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu