सुर्यमुखी फुटबल प्रतियोगिताको च्याम्पियन आयोजक टिमले जित्यो
कपिलवस्तु -शिवगढीमा भएको २१ औ सुर्यमुखी फुटबल प्रतियोगिताको च्याम्पियन आयोजक सुर्यमुखी बनेको छ ।सुर्यमुखीको खेलमैदान पर्तापुरमा भएको फाईनलमा ७ पटक बिजेता बनेको गोल्डेन स्टारलाई पेनाल्टीमा ४ को विरुद्ध ५ गोल गरेर आयोजकले उपाधी कब्जा गरेको हो ।यो जितसंगै आयोजक पाचौं पटक बिजेता बन्दै यथावत दोस्रो स्थानमा रहेको छ ।
निर्धारित समयमा दुवै टिमले दुई गोल गरे पछि खेल पेनाल्टी मा पुगेको थियोे पहिलो हाफको २७ औ मिनेटमा गोल्डेन स्टारले पहिलो गोल गरेर अग्रता लिए पनि ३७ मिनेटमा सुर्यमुखीका हेमन्तले फ्री किकमा गोल गर्दै गोल्डेनको अग्रतालाई ताेडेको थियोे ।
पहिलो होला हाफमा बराबरी खेलेको सुर्यमुखिले पहिलो हाफको थप समय ३ मिनेट दोस्रो गोल खाय पछि पहिलो हाफमा १ गोलले पछी परेको थियो कडा प्रतिस्पर्धा भएको फाईनल खेलमा सुर्यमुखीका सन्जुले ६५ मिनेटमा गोल गरे पछी खेल पेनाल्टीमा पुगेका हो ।बिजेता सुर्यमुखीले ५० हजा५ सय पचपन्न सुर्यमुखी कप प्रमाणपत्र जितेको छ तेस्तै उपबिजेता गोल्डेनले २५ हजार सान्त्वना सुर्यमुखी पहेलो र साईनिङ्ग स्टारले सान्त्वना पुरस्कार हात पारेका छ्न ।
महिला तर्फ भने शिवगढी स्पोर्टिङ बिजेता बनेको छ ।राईजिङ्ग स्टार चन्द्रौटालाई ० को विरुद्ध १ गोल गरेर शिवगढी स्पोर्टिङ बिजेता बनेको हो ।बिजेता र उपबिजेता दुवैले नगद तथा अन्य पुरस्कार जितेका छन