Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छाप्ने काम सकियो 

२०७८, ३ माघ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

काठमाडौं-निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको जानकारी दिनुभयो । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उहाँले बताउनुभयो ।
‘सेतो पानामा हरियो रंग र विवरण भएको एक खालको छ । जुन प्रदेश सभाका सदस्यहरुले मतदान गने तरिकाले छपाइ भएको छ । त्यस्तै, अर्को निर्वाचन मण्डलका अर्का स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता हुने भएको हुँदा उहाँको लागि रातो मसिका विवरण र चिन्ह भएको मतपत्र गरि दुई प्रकारका हरियो र रातो मतपत्र छापिएको छ ।,’ उहाँले भन्नुभयो ।
त्यस्तै, मतदान केन्द्रमा पनि स्टिकर र केन्द्र पनि फरक–फरक रहने छ । ‘प्रदेश सभाका लागि हरियो मतपत्र प्रयोग गर्ने केन्द्र र लाइन छुट्टै हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहका मतदाताहरुको लागि रातो रंगको मतपत्र, छुट्टै मत पेटिका र लाइन हुन्छ ।’ यसरी प्रत्येक ठाउँमा छुट्टा–छुट्टै मत पेटिका र लाइनको व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि चार किसिमका क्रस्टर (समूह) अनुसार मतपत्र छापिएको छ । ‘महिला, दलित, अपाङ्ग, अल्पसङ्ख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको उहाँले बताउनुभयो । यी अनुसार जुन प्रदेशमा जुन क्लस्टर पद रिक्त हुने हो, त्यहि क्लस्टर र त्यहि पदको लागि निर्वाचन हुने हुँदा मतपत्र तयार गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जस्तै, प्रदेश १ मा तीन वटा क्लस्टरका पद रिक्त हुने भएको हुँदा तीन क्लस्टरको निर्वाचन हुने हुँदा मतपत्र पनि तीन क्लस्टर र दुई–दुई वटा रफ गरि प्रदेश १ का लागि छ प्रकारका मतपत्र राखिन्छ । प्रदेश २ मा, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि त्यहि अनुसार मतपत्र तयार गरिएको छ ।’ यद्यपी, माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।
यसैगरी उहाँले अहिले राष्ट्रिय सभाको निर्वाचनका लागि प्रचारप्रसारको अवधि सुरुभएको जानकारी दिनुभयो । आयोगले गर्ने सबै तयारीहरु धमाधम गरिरहेको उहाँले बताउनुभयो ।
यी मतपत्र माघ ४ गते अर्थात् मंगलबारदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसक्ने आयोगले जनाएको छ ।
त्यस्तै मतपत्र पठाइसकेपछि मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट र अभिमुखीकरण गरिने उहाँले बताउनुभयो । निर्वाचन माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मतपरिणाम आउने तरिकाले व्यवस्था भएको उहाँले बाउनुभयो ।
स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।
‘प्रदेश सभाको मतभार भनेको एकमत बराबर ४८ हुन्छ र स्थानीय तहको मतभार भनेको एकमत बराबर १८ हुन्छ,’ उहाँले भन्नुभयो, ‘र त्यति अनुसार गुणना गरेर कुल मतदाताले पाएको कुल मत निकालेर जुन उम्मेदवारले बढी मत प्राप्त गर्नुहुन्छ, उहाँ विजयी हुने व्यवस्था रहेको सूचना अधिकारी अर्यालले बताउनुभयो ।
प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरश्चिम प्रदेशमा तीन गरी १९ रिक्त सदस्य पदका लागि माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu