Connect with us
Kapilvast Forest

एमाले मकवानपुर : न निर्वाचन, न सपथ

२०७८, ४ माघ मंगलवारमा प्रकाशित

हेटौंडा – नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत लिन सकेको छैन ।

२३ पुसमा शुरु भएको ११औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको थियो । अध्यक्षमा श्रेष्ठसँगै बद्रीप्रसाद लम्सालले उम्मेदवारी दिएका थिए, नेताहरुले सहमतिको प्रयास पनि गरे । तर सहमति जुट्न नसकेपछि चुनावी तयारीका लागि २४ गते बिहान ८ बजेसम्म अधिवेशन स्थगित गरिएको थियो ।

 

तर भोलिपल्ट जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रानाले लम्सालको उम्मेदवारी फिर्ता नहुँदै श्रेष्ठको नेतृत्वमा निर्विरोध भएको घोषणा गर्नु भयो । एमालेका एक नेताका अनुसार रानाले यसरी नामावली घोषणा गर्नु विधान विपरित थियो । भन्छन्, ‘स्थगित प्रक्रियालाई व्यवस्थित रुपमा अघि बढाउने, सहमतिका लागि उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउने लगायत प्रक्रिया नगरीकन नामावली घोषणा गर्न हाम्रो पार्टीको विधानले दिँदैन ।’

आफूले उम्मेदवारी फिर्ता नदिएकै अवस्थामा निर्वारोध कमिटी घोषणा गरेपछि लम्सालले विरोध गर्नु भयो । उहाँले आफ्नो उम्मेदवार अहिले पनि कायमै रहेको बताए । लम्सालले भन्नु भयो , ‘अन्य कुराहरु हुँदै गर्लान्, तर अहिलेसम्म मेरो उम्मेदवारी कायमै छ । म निर्वाचन प्रक्रियाको पक्षमा छु ।’

विवादपछि केन्द्रीय नेतृत्व वा प्रतिनिधिले आफूसँग कुनै छलफल नगरेको भन्दै लम्सालले संगठन विभाग र निर्वाचन कमिटीको भूमिका कस्तो हुन्छ भनेर हेरिरहेको बताउनु भयो । विधि, विधान र प्रक्रिया मिचेर गरिने क्रियाकलाप आफूलाई मान्य नहुने उहाँले बताउनु भयो । अधिवेशनको आयोजक कमिटीका अध्यक्ष समेत रहनु भएका लम्सालले प्रक्रिया पुरा नभएसम्म पार्टीको अध्यक्ष परिवर्तन नहुने बताउनु भयो ।

लम्सालको अडानपछि न मतदान प्रक्रियामा पनि जान सकेको छ, न निर्विरोध घोषाा भएको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुले सपथ भएको छ

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई भने अधिवेशनमा प्रक्रिया शुरु भइसकेपछि प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने बताउँनुहुन्छ । ‘अध्यक्षका लागि दुइ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत बनाउन एक जना निर्वाचन प्रकृयाबाट बाहिरिनुपर्छ, अन्यथा चुनाव हुन्छ,’ उहाँले अ भन्नु भयो ।

एमाले मकवानपुरका इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रानाले भने निर्विरोध घोषणा भएको श्रेष्ठ नेतृत्वको कमिटी नै आधिकारिक भएको उहाँले बताउनु भयो । साथै उहाँले कोरोना संक्रमणका कारण उनीहरुको सपथ रोकिएको बताउनु भयो । उहाँले अघि भन्नु भयो , ‘अन्य कुरा नगरौं, त्यही अनुसार बुझौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu