कपिलवस्तु नगरपालिकाले प्रदान गर्यो १२ कृषक समुहलाई र्ईलेक्ट्रीक च्यापकटर
कपिलवस्तु -कपिलवस्तु नगरपालिकाले १२ कृषक समुहलाई र्ईलेक्ट्रीक च्यापकटर प्रदान गरेको छ । ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत कृषक समुहको लगानीमा खरिद गरिएको सो च्यापकटार बाडिएको हो । नगरपालिकालको पशु सेवा शाखाले प्राप्त आबेदनका छनौट गरी ४० हजार लागतको च्याप कटार उनीहरुलाई उपलब्ध गराएको हो ।
च्यापकटर २ हर्ष पावरको हो । नगरपालिकाक मेयर किरण सिंहले कृषकहरुलाई च्यापकटार हस्तान्तरण गर्दै नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले कृषि क्षेत्रको विकासकालागि नगरपालिकाले बजेट बिनियोजन गरको भन्दै प्रदेश र संघीय सरकारले कृषकहरु थप अनुदानको ब्यवस्था गर्नु पर्ने बताउनु भयो । पशुपालक कृषकले च्याप कटारले घास र पराल काटन प्रयोग गर्ने गर्छन ।
पशु शाखाका प्रमुख केशव प्रसाद हरिजनले नगरपालिकाले सुरुको बर्ष देखि नै कृषकमहरुलाई च्याप कटर उपलब्ध गराउदै आएको बताए । च्याप कटर पाएर खुशी बनेको नगरपालिका वडा नम्बर ७ का कृषक ओम नारायण शर्माले च्यापकटरले घास र पराल काटन सजिलो हुने बताउनु भयो ।