Connect with us
Kapilvast Forest

पाँच उद्योगले अझै दिएनन् उखु किसानलाई ७ करोड ६० लाख भुक्तानी

२०७८, ४ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौं – उखु किसानलाई पाँचवटा चिनी उद्योगले ७ करोड ६० लाख ७९ हजार १३० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । पाँच वर्षअघि मिललाई उखु बिक्री गरेका किसानहरुले अझै भुक्तानी नपाएका हुन् ।

उखुको बक्यौता नपाएको भन्दै किसानहरुबाट गुनासो आएपछि मन्त्रालयले पुस २० गते चिनी उद्योग भएका विभिन्न जिल्ला प्रशासन कार्यालयसँग भुक्तानी विवरण मागेको थियो । उक्त विवरणअनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज सर्लाहीले ३ करोड १३ लाख ९१ हजार, श्रीराम सुगर मिल रौतहटले तीन करोड १२ लाख ६ हजार र हिमालय सुगर मिल्स सिरहाले २४ लाख १९ हजार रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

 

यस्तै नवलपरासीको लुम्बिनी चिनी उद्योगले ४ लाख २० हजार र इन्दिरा सुगर एण्ड एग्रो इण्ड्रस्टिजले एक करोड ६ लाख ५९ हजार रुपयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu