उप प्रमुख थारुको पहलमा क्यामपसमा प्याड हस्तान्तरण
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नंम्वर ४ मा रहेको समयथान बहुमुखी क्यामपसमा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । अनेस्वियू समयथान क्यामपस कमिटीको मागको आधारमा शिवराज नगरपालिका को सहयोग शिवराज नगरपालिका का उप प्रमुख शिव कुमारी थारुको पहलमा क्यामपसमा अध्यनरत छात्राहरुका लागी ३६० थान सेनेटरी प्याड वितरण गरिएको क्यामपस कमिटी अध्यक्ष केशव गैरेले बताउनुभएको छ ।
प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख थारुले महिनावारीले गर्दा छात्राहरुको पढाईलाई समस्या नहोस भन्ने उदेश्यले सेनेटरी प्याड वितरण गरिएको बताउनु भयो । विद्यालयमा विद्यार्थीहरुलाई हुने विभिन्न समस्या समाधानका लागी क्यापस कमिटीले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
हस्तान्तरण गरिएको प्याड सहज रुपमा प्राप्त गर्नका लागी संगिता गुप्ताको संयोजकत्वमा २१ सदस्यीय समीती गठन गरिएको छ । केही अगाडी शिवपुरमा रहेको नेपाल आर्दश बहुमुखी क्यामपसमा समेत प्याड वितरण गरिएको थियो ।