कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संकरमण पुष्टि भएको छ ।महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको छ ।
महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गर्नु भएको छ ।