रुपन्देही क्रिकेट संघमा थापा निर्वाचित, शक्ति गौचन पराजित
रुपन्देही-रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित हुनु् भएको छ । बुधवार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गर्नु भएको छ ।
थापा र गौचन प्यानल खडा गरी निर्वाचनमा होमिनु भएको थियो । पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित हुनु भएको छ । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
अन्य सदस्यहरूमा भरत थापा, विजयसिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिनु भयो । अध्यक्षमा पराजित गौचन राष्ट्रिय कप्तानको भूमिकामा खेल खेलेका खेलाडी हुनुन्छ ।