Connect with us
Kapilvast Forest

जाडो बढेपछि गौतमबुद्ध साझेदारी वनद्वारा दाउरा वितरण

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु -शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले निशुल्क रुपमा दाउरा वितरण सुरु गरेको छ ।

गाउँवासीलाई चिसोबाट जोगाउन पालिका भित्रका विभिन्न् चोक चोकमा निशुल्क   दाउरा वितरण गरीएको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिनु भयो । चिसोबाट गाउँवासिलाई केहि भए पनि राहत मिलोस भनेर भएकाले निशुल्क दाउरा वितरण गरेको अध्यक्ष यादवले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj