Connect with us
Kapilvast Forest

नगरपालिकाकै मिलेमतोमा नदीजन्‍य पदार्थको उत्खनन्

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

 गोरखा-गोरखा नगरपालिका–१३ अवुवा स्थित लुदीखोला दोभान क्षेत्रमा दाहसंस्कार गर्ने घाट मासेर नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । गोरखा नगरपालिकाले स्वीकृति दिएपछि ठेकेदारले दाहसंस्कार गर्ने घाटमा क्षति पुग्ने गरी उत्खनन् शुरु गरेको हो ।

‘ढुङ्गा, गिटी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ मा खोलानालाको किनारामा रहेका घाटलाई कुनै हानी नोक्सानी नहुने गरी उत्खनन् गर्नुपर्ने भनिएको छ ।

नगरपालिकाले निर्माण गरेको ‘प्रारम्भिक वातावरणीय परीक्षण’ (आईईई) मा पनि सो कुरा उल्लेख छ । तर मापदण्डलाई लत्याउदै गोरखा नगरपालिकाले घाट क्षेत्रमा उत्खनन् गर्न मनोकामना गुरुङ निर्माण सेवालाई स्वीकृति दिएको हो । सो क्षेत्रबाट १ हजार ९ सय ५० घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पुस २० गते ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

परम्परागत घाट मासिने गरी उत्खनन् गर्न दिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । बिहीवार उत्खनन् स्थल पुगेर काम रोक्न अनुरोध गर्दै स्थानीयले
आक्रोशित बन्दै केही समय कामसमेत रोकिदिएका थिए ।

‘ घाट क्षेत्रमा भएको उत्खनन्ले नजिकै रहेको मोटरेवल पुल र वस्ती जोखिममा पर्ने खतरा बढेकोस्थननियको भनाइ छ ।घाट मासिने गरी भएको उत्खनन् बारे नगरपालिकालाई जानकारी गराएपनि बेवास्ता गरेको स्थानीयको भनाइ छ ।

त्यस्तै नदीको ५ सय मिटर दायाँ(बायाँ उत्खनन् गर्न नपाइने व्यवस्था छ । तर सो क्षेत्रमा ठेकेदारले नदीभित्रैबाट भ्याक्हु लोडरले उत्खनन् गरिरहेको छ । सम्बन्धित स्थानीय तहबाट नियमित अनुगमन हुनुपर्ने भएपनि नगरपालिकाले बेवास्ता गर्दै आएको छ ।

अनुगमन नहुदाँ ठेकेदारले मनोमानी रुपमा उत्खनन् गरिरहेको छ । उत्खनन् गरिएको नदीजन्य पदार्थको घाटगद्धी अर्को जिल्ला तनहुँमा गरेको भन्दै आलोचनासमेत भएको छ ।

नगरपालिको ठेक्का खुलाएको अधिकांश ठाउँमा मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन् हुदै आएको छ । नगरपालिकाकै मिलेमतोमा मापदण्डविपरीत उत्खनन् हुने गरेको भन्दै आरोपसमेत लाग्ने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj