Connect with us
Kapilvast Forest

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले-लोसपाबीच गठबन्धन

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं-मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले गठबन्धन गरेको छ।बिहीबार नेकपा एमाले र लोसपाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो।

यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनु भयो ।

उहाँले लोसपासँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताउँदै सरकारमा मधेशी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताउनु भयो ।सचिव महासेठले भन्नु भयो , ‘लोसपासँग मिलेर सरकारले काम गर्दा मधेश प्रदेशमा धेरै राम्रा विकासका कामहरू गरेको थियो। हामीले सरकारमा रहँदा मधेशको जनताका एजेण्डा साथमा लिएर अघि बढेका थियौं।’

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरूको, आदिवासी, दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, थारूहरूको भनाइ सरकारमा लैजाने बताउनु भयो ।

उहाँले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताउनु भयो ।नेता सोनलले भन्नु भयो , ‘सरकार सञ्चालन गर्दा सबैको एउटा धारणाअनुसार सरकार सञ्चालन गरिनुपर्छ। लोसपाले जसरी मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरूको, आदिवासी, दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, थारुहरूको भावनाको जसरी सम्मान गरेका थियौं। यहाँदेखि हामीले केन्द्रसम्म कुरा उठाइरहेका छौं। त्यसको लागि हामी सहपाठी खोजिरहेका छौं।’नेता सोनालले मधेशको जनताको अधिकारको लागि आफ्नो पार्टी गम्भीर रहेको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu