Connect with us
Kapilvast Forest

सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

 

 

काठमाडौं- जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।पार्टीका उपाध्यक्ष ई। दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गर्नु भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। आपराधिक अभिव्यक्ति दिने, हत्या(हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ। ‘

देशकै संघीयमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम(जनताको विरूद्धमा रहेको हाम्रो पार्टीको निष्कर्ष छ।

साथै पार्टीले गौर नरसंहारका फरार अभियुक्तहरूलाई तत्काल् पक्राउ गर्न मागसमेत गरेको छ ।

लिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिनु भएको थियो ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

हेर्नुस् जनमत पार्टीले निकालेको विज्ञप्ती

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu