Connect with us
Kapilvast Forest

बार्सिलोना कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

एजेन्सी-साविक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ। गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग ३–२ गोल अन्तरमा पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्किएको हो।

सान मामेस बारिया बिल्वाओमा बिल्वाओलाई जिताउन इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेका थिए।बिहीबार राति खेलको दोस्रो मिनेटमै इकर मुनिएनको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।

खेलको २०औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।पहिलो हाफसम्म बराबरी रहेको खेलको ८६ औं मिनेटमा ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई जिततर्फ अग्रसर गराए। तर, इन्ज्युरी समयमा पेड्रीले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।

त्यसपछि अतिरिक्त समयमा लम्बिएको खेलको १०५ औं मिनेटमा इकर मुनिएनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे।

निको विलियम्सले गरेको क्रसलाई पेनाल्टी बक्समा जोर्डी अल्वाले हातले बललाई छुन पुगेपछि रेफ्रीले बिल्वाओलाई पेनाल्टी प्रदान गरेको थियो। त्यसपछि बाँकी रहेको समयमा थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुँदै क्वार्टर फाइनलमा पुग्यो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu