Connect with us
Kapilvast Forest

सोमबारसम्म मौसम सफा नहुने, आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं-पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। मौसमविद्ले बताएका छन् ।

मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ।आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने कँडेलले जानकारी दिइन्।

‘यो प्रणाली सोमबारसम्म रहने देखिन्छ, फेरि अर्को प्रणाली नआए त्यसपछि मौसम सफा हुनेछ’, कँडेलले भनिन्, ‘अहिले काठमाडौंसहित प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ। आज दिउँसो पनि मौसम खुला हुन्न।’

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद् कँडेलले जानकारी दिइन्।

हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ। अधिकतम तापक्रम अझै घट्नसक्ने कँडेलले सचेत गराइन्।मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन। तर अधिकतम तापक्रम घट्दा चिसो बढ्छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu