Connect with us
Kapilvast Forest

रुपन्देहीमा ब्रेन टुमरका बिरामी थापालाई आर्थीक सहयोग

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

रुपन्देही-रुपन्देहीको देवदहमा ब्रेन टुमर बिरामीलाई आर्थीक सहयोग गरिएको छ । शनिबार एक कार्यक्रमका बिच मगर संसार फोटो ग्यालरी अनलाईन गु्रप द्धारा देवदह नगरपालीका ८ बनकट्टा निवासी बजर बहादुर थापा र धनकुमारी थापा मगरको १९ वर्षीय छोरा आयूष थापा मगरको लागी सहयोग गरीएको छ ।

बे्रन ट्यूमर बिरामी आयूषलाई एक लाख दुई हजार तीन सय एकासी रुपंैयाँ सामाजिक संञ्जाल बाट संकलन गरीएको मगर संसार फोटो ग्यालरी एडमिन सदस्य अमिर थापामगरले बताउनु भयो ।

उहाँले अनलाइन गु्रपका सस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा यो रकम उठेको बताउनु भयो । मगर संसार फोटो ग्यालरीले विगतका दिनहरुमा पनि धेरै सहयोग गर्दै आएको छ र यो ९५ औ सहयोग रहेको मगरले बताउनुभयो ।

हाल आयुष इन्डियाको हरियानामा उपचारत छन । सोही कार्यक्रममा बोल्दै नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापा मगरले विरामिलाई स्वास्थ लाभको कामना गदै मगर संसार फोटो ग्यालरीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj