Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरी दिवसको अवसरमा पौडेल र केसी सम्मानित

२०७८, ९ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु- सशस्त्र प्रहरी दिवस २०७८ को अवसरमा कपिलवस्तु चन्द्रौटाका व्यावसायी जिवलाल पौडेल र गोविन्द केसी सम्मानित भएका छन ।

नागरिकको सुरक्षाको प्रत्याभुती दिलाउदै सशस्त्र प्रहरी बल नेपाल न ५ विन्धावासिनि बाहिनी लाई सहयोग गरेको भन्दै पौडेल र केसीलाई सम्मान गरिएको हो ।

प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको हस्ताक्षरमा रहेको प्रमाण पत्रले दुबैजनालाई सम्मानित गरिएको हो । सशस्त्र प्रहरी संगठन प्रमुखबाट कपिलवस्तुका जिवलाल पौडेल गोबिन्द केसी, कृष्ण कुमार चौधरी र सर्फराज खान समेत सम्मानित भएको सशस्त्र प्रहरी बल नेपाल बिन्द्याबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरक्षक कुल बहादुर नेम्वाङले जानकारी दिनु भयो ।
त्यस्तै बाहिनीबाट महादेव पोख्रेल, ईश्वरी पाण्डे, नुरुल हक खान, नारायण भाट, आनन्द भुसाल, शत्रुधन चौधरी, इस्तियाक खान, सफरअलि मिया, मैनुद्दिन खान लागयत सम्मानित हुनुभएको बिन्द्याबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj