Connect with us
Kapilvast Forest

संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा

२०७८, ९ माघ आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रियसभा सदस्‍य खिमलाल देवकोटाले संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्न वा सार्न नहुने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै उनले भनेका छन्, ‘जब अदालतमा स्थानीय तह निर्वाचन ऐनका सम्बन्धमा प्रवेश नै पाएको छैन भने पहिल्यै नै हामीले कानून संविधानसंग वाझियो भनेर कसरी भन्न सक्छौ ? संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्ने/सार्ने प्रयास नहोस।’

उनले संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भयो/भएन भन्ने सर्वोच्च अदालतले गर्ने बताएका छन्। उनले भनेका छन्, ‘संविधान लेख्ने संसदले हो । कानून तर्जुमा गर्ने पनि संसदले हो । संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भए/भएन भन्ने सर्वोच्च अदालतले हो।’

 

Khim Lal Devkota

about an hour ago

संविधान लेख्ने संसदले हो । कानून तर्जुमा गर्ने पनि संसदले हो । संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भए/भएन भन्ने सर्वोच्च अदालतले हो । जव अदालतमा स्थानीय तह निर्वाचन ऐनका सम्वन्धमा प्रवेशनै पाएको छैन भने पहिल्यै नै हामीले कानून संविधानसंग वाझियो भनेर कसरी भन्न सक्छौ ? संविधानको छिद्रखोजेर स्थानीय तहको चुनाव टार्ने/सार्ने प्रयास नहोस ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj