Connect with us
Kapilvast Forest

देशैभरका मह उद्योग निगरानीमा

२०७८, १० माघ सोमबारमा प्रकाशित

 

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशैभरका मह उद्योग निगरानीमा राखेको छ । बजारमा बिक्री भइरहेको महको गुणस्तर परीक्षण विभागले सुरु गरेको छ । मिसावट भएका मह बजारमा बिक्री वितरण हुन थालेपछि विभागले आइतबार मातहतका सबै कार्यालयहरुलाई परित्रप जारी गर्दै अनुगमन र गुणस्तर परीक्षण गर्न निर्देशन दिएको हो ।

 

बजारमा बिक्री भइरहेका सबै प्रकारका मह परीक्षण गरेर १० दिनभित्रमा विभागमा प्रतिवेदन पठाउन मातहतका कार्यालयहरुलाई निर्देशन गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनु भयो ।

 

ुमहमा मिसावट गरेर बिक्री हुन थालेपछि आजदेखि हामीले मातहतका सबै कार्यालयहरुलाई अनुगमन गर्न निर्देशन गरेका छौं प्रवक्ता महर्जनले भन्नु भयो ४३ वटै कार्यालयहरुलाई सूचना जारी गरेर अनुगमन गरेर १० दिनभित्रमा रिपोर्टिङ गर्न सर्कुलर गरेका छौं ।

विभागले आइतबार ललितपुरको दुई वटा उद्योगमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा ती उद्योगहरु सामान्य अवस्था रहेको र उत्पादन भएको अवस्थामा नरहेको खाद्य निरीक्षक विजन श्रेष्ठले जानकारी दिनु भयो । विभागको टोलीले विभिन्न ब्रान्डका ४ वटा उद्योगहरुले प्रशोधन गरेका महहरुको नमूना (स्याम्पल) पनि परीक्षणका लागि ल्याएको छ ।

ुआज हामीले जम्मा ४ वटा नमुना ल्याएका छौं । हाम्रै ल्याबमा यसको परीक्षण गरेपछि चाँडै नै रिपोर्ट सार्वजनिक गर्छौं,ु श्रेष्ठले भन्नु भयो । ललितपुरका मह उद्योगहरुले गोदावरी र अन्य जिल्लाहरुबाट ल्याइएका कच्चा महलाई प्रशोधन गरी प्याकेजिङ गरेर बिक्री वितरण गर्छन् ।

 

विभागले महमा मिसावट गरेको पाइएमा खाद्य ऐन २०२३ को दफा ५ बमोजिम कारबाही हुने जनाएको छ ।

यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञापत्र (डीएफटीक्यूसी) नम्बर उल्लेख नभएको मह प्रयोग नगर्न भन्दै सूचना जारी गरेको छ । विभागले डीएफटीक्यूसी नम्बर उल्लेख नभएका महहरु खरिद तथा उपभोग नगर्न भनेको छ । प्रवक्ता महर्जनका अनुसार महको उत्पादन तथा प्याकिङ गरी बिक्री वितरण गर्ने उद्योगहरुले खाद्य ऐन २०२३को दफा ४(ख) र खाद्य नियमवाली, २०२७को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयहरुबाट अनिवार्य रुपमा अनुज्ञापत्र लिनुपर्छ । अनुमति पत्र लिने उद्योगहरुले प्रत्येक आर्थिक वर्षका लागि नविकरण गरेर मात्र मह उत्पादन तथा बिक्री वितरण गर्नुपर्ने प्रावधान छ ।

विभागले नाम चलेको ब्रान्डले उत्पादन गर्ने महमा डीएफटीक्यूसी नम्बर उल्लेख छैन भने त्यस्ता मह उपभोग नगर्न समेत आग्रह गरेको छ ।

नगर्न समेत आग्रह गरेको छ ।विभागबाट हाल ३५ वटा उद्योगले मह उत्पादनको अनुमति लिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu