Connect with us
Kapilvast Forest

बाँकेमा एक पुरूष नालामा मृत फेला

२०७८, १० माघ सोमबारमा प्रकाशित

death

दाङ-बाँकेमा एक व्यक्ति नालामा मृत फेला परेका छन्।जानकी गाउँपालिका ६ का ४२ वर्षीय मोहनसिंह ठकुरी नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।उनी सोमबार बिहान साइकलसहित नालामा मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीका अनुसार ठकुरी स्थानीय अम्बे स्टिल उद्योगमा काम गर्ने खुलेको छ।उद्योगको काम सकेर घर फर्कने क्रममा: गए राति उनी नालामा परेको हुनसक्ने अनुमान गरिएको छ।

रातभर परेको पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।स्थानीयबासिन्दाले बिहान नालामा ठकुरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu