देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड:महासचिव शंकर पोखरेल
काठमाडौं- एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको र आजका दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उचालेको टिप्पणी गर्नु भएको छ । उहाँले हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भएको पनि टिप्पणी गर्नु भएको छ ।
अहिले देउवा फेरि चुनावबाट भाग्न खोजेको उहाँको भनाइ छ । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्नेबारे छलफल थालेपछि उहाँ सामाजिक सञ्जालमार्फत कटाक्ष गर्नु भएको हो ।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड,’ उहाँले भन्नु भएको छ ।