Connect with us
Kapilvast Forest

गुल्मीमा अत्यावश्यकबाहेकका सेवा बन्‍द

२०७८, १० माघ सोमबारमा प्रकाशित

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्‍द गरेको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यकबाहेकका सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो ।

 

कार्यालयमा सेवाग्राहीहरुको भिडभाड़ उच्च रहेको र कोभिड(१९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नु परेको पौडेलको भनाइ छ।

प्रशासन कार्यालयमा कार्यरत सहाक प्रमुख जिल्ला अधिकारीसहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको प्रजिअ पौडेलले बताउनु भयो । प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय यता दैनिक जसो सेवाग्रहीको चाप वढदै गएको छ।

नागरिता, मतदाता नामावली, राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवा लिन दैनिक जसो भिडभाड उत्तिकै हुदै आएको छ। प्रशासनमा संक्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्ला भर नै कोरोना संक्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाई छ।

अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले यसपूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु हुन अनुरोध समेत गरिएको छ।

जिल्लामा कोरोना संक्रमण दर दिनानु दिन बढदै गएको छ। हाल जिल्लामा २८८ जना सक्रिय संक्रमित रहेका छन्।

हेर्नुस्  गुल्मी प्रशासनले जारी गरेको विज्ञप्ति 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu