वर्षमानको स्वागतमा गर्न नारायणकाजी विमानस्थलमा
काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गराएर सोमबार स्वदेश फिर्ता हुनु भएको छ । उहाँको स्वागतका लागि पार्टीका नेता नारायणकाजी श्रेष्ठ विमानस्थल पुग्नु भएको थियो । यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगयतका नेता तथा कार्यकर्ता पनि विमानस्थल पुग्नु भएको थियो ।
करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पुन आज नेपाल फिर्ता हुनु भएको हो । हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उहाँकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किनु भएको हो ।
दुर्लभ बङ्गाणुगत जण्डिसको समस्याबाट पीडित पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराउनु भएको थियो । नेता पुनको सेनजेनमा ३९ र त्यसअघि बैंककमा ५९ दिन उपचार गरिएको थियो ।
विमानस्थलमा उहाँले बैंककबाट चीन लगेको आफूले उपचारको ७ दिनपछि मात्रै थाहा पाएको बताउनु भयो । त्यतिबेला अवस्था गम्भीर भएकाले केही थाहा नपाएको र अहिले निको हुँदा खुशी प्रकट गर्नु भयो ।