Connect with us
Kapilvast Forest

लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि समेटियो

२०७८, १२ माघ बुधबारमा प्रकाशित

kaalapani

काठमाडौं – नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणना २०७८ मा समेटिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० भित्र ती भेगको जनसङ्ख्या समेत समेटिएको जानकारी दिनुभयो । ती भेगमा कति जनसङ्ख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा मात्रै समेटिने विभागले जनाएको छ ।

विभागले ६ महिनाभित्र विस्तृत प्रतिवेदन सार्वजनिक हुने जनाएको छ । गणक आफैं ती भेगमा पुग्न नसकेपछि वैकल्पिक माध्यमबाट जनगणना गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu