Connect with us
Kapilvast Forest

एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

२०७८, १२ माघ बुधबारमा प्रकाशित

काठमाण्डौँ- पाँच दलीय गठबन्धनको घेराबन्दीबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट जित्न सफल भएको छ। १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ।

राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। तर सात सिट गुमाउँदा पनि ऊ पहिलो दलमै कायम रहने पक्का भएको छ। एमालेपछि राष्ट्रियसभामा माओवादीको १४, कांग्रेसको ७, एकीकृत समाजवादी ७, जनता समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टीको १ सिट छ। बाँकी ३ जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

तीमध्ये चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो। सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।

जसमा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भए। यससँगै गठबन्धनले यो निर्वाचनमा एमालेलाई क्लिन स्विप गर्न बनाएको योजना पनि विफल भएको छ।

रोचक त के छ भने राष्ट्रिय सभा निर्वाचनमा ७ सदस्य गुमाएर पनि एमाले पहिलो दलमै कायम छ। नेकपा भंग र एमाले पनि विभाजित हुँदा २४ सदस्यसहित एमाले पहिलो दल नै थियो।

एमालेलाई पहिलो दलमा रोक्न बनाइएको कांग्रेस नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल भएन। जसकारण सात सिट गुमाएर पनि एमाले १७ सदस्यसहित पहिलो दलमै कायम रहेको छ।

निर्वाचनमा नेपाली कांग्रेससहितको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ।
एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ र जसपाले १ सदस्य जितेका छन्।

एमालेबाट अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको चार वर्षे पदावधि

सकिएको थियो। सात सिट गुमाए पनि राष्ट्रिय सभामा एमालेका १७ सदस्य बाँकी छन्। तर, एकैपटक सात सदस्य गुमाएर पनि राष्ट्रिय सभामा एमाले नै पहिलो दल बनेको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu