Connect with us
Kapilvast Forest

धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

corona ncn

 

काठमाडौं- धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका-११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका-१५का ७२ वर्षीय पुरूष रहेका छन् ।

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८: ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७:४० बजे मृत्‍यु भएको हो ।

प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj