Connect with us
Kapilvast Forest

कपिलवस्तु प्रहरी न्यानो कम्मल बोकेर बिपन्न परिवारको झुपडीमा

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४०० थान ब्लाङकेट बोकेर कपिलवस्तु प्रहरी २४८ जना अती विपन्न परिवारको साहारा बन्दै बस्तिमा पुगेको छ। माघ महिनामा समेत चिसो कम नभएपछि १२ र १३ गते प्रहरी र प्रशासनका पदाधिकारी न्यानो कम्मल लिएर बस्तिमा पुगेका हुन्।

कपिलवस्तु नगरपालिका २ स्थित तौलेश्वरनाथ महादेवको मन्दिर बाहिरको सार्वजनिक शैचालयमा सोनामति बाँसखोर विगत ४ वर्षदेखि गुजारा गर्दै आउनुभएको छ। ५५ बर्षमा गरिबीसँगै परिवारको साहारा गुमाएकी सोनामतिले सार्वजिनक शौचालय भित्र ओछ्यान लगाएको देख्दा जो कसैको मन अमिलो हुन्छ। चिसो भुईँमा लगाएको विस्ताराले घरिघरि आफैलाई चिसो बिझ्ने उहाँ बताउनुहुन्छ।

चिसोमा यस्तै बस्ने बानि परिसक्यो। उहाँ भन्नुहुन्छ। कपिलवस्तु न.पा ३ तिलौराकोट स्थित बाटै छेउमा टहरामा बिताईरहनुभएका धादिङका ६० वर्षे चन्द्रे तामाङ केहि बर्षदेखि बाटै छेउको फुसले बारेको टहरोमा जीवन गुजारीरहनुभएको छ । उहाँको दैनिक जीवनयापन देखिरहेका कपिलवस्तु वासीले प्रहरी र प्रशासनको यो कामले आम नागरिकको सुरक्षा निकाय र प्रशासन प्रतिको हेराई र प्रशासकको नागरिकलाई हेर्ने दृष्टिकोण समयसँगै बद्लिएको महसुस गरिएको बताए।

कपिलवस्तुको विभिन्न क्षेत्रमा दैनिक जीवन यापनमा जाडोले कठ्याङग्रिएका नागरिकलाई प्रहरीले देखिरहेको थियो तर मानविय सहयोग समेत गर्न नपाएको अवस्थामा प्रहरीले आफ्नो दैनिक ड्युटिका क्रममा देखेका नागरिकलाई आफ्नै सिफारिसमा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याएपछि प्रशासन कार्यालयले खरिद गरि प्रहरीकै हातबाट वितरण गराएको हो।

जिल्लाको लवनी , खुनुवा, जहदी, ओदारी, महाराजगञ्ज लगायतको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, सञ्चारकर्मी समेत भई वितरण गरेपनि जिल्लाका अन्य कृष्णनगर, पत्थरदेहिया, कोपवा, चन्द्रौटा, भिल्मी, पिपरा, गणेशपुर लगायतका स्थानमा सम्बन्धित क्षेत्रका प्रहरी कार्यालय प्रमुख नै गई नाम टिपिएका विपन्न परिवारलाई ब्लाङकेट वितरण गरिएको हो। यस्तै विहिवार वाणगंगाका अति विपन्न १० परिवारलाई जिल्ला स्थीत दैवि प्रकोप ब्यवस्थापन समिति मार्फत उपलब्ध न्यानो कम्वल पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले वितरण गर्नु भएको हो ।१० परिवारलाई १ थानका दरले ब्लाङ्केट वितरण गरिएको गुरुङले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu