Connect with us
Kapilvast Forest

स्थानीय चुनाव समयमै गर्न सरकारलाई दबाब दिन चन्द्रौटामा राके जुलुस

२०७८, १५ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु –
नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले स्थानीय चुनाव समयमा गर्न परमादेश सरकारलाई दबाब दिन राके जुलुस निकालेको आयोजकले जनाएको छ । जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटामा स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गरी बैशाखमै चुनाव गराउन माग गर्दै राके शनिबार जुलुस निकालिएको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजक कृष्ण कार्कीले जानकारी दिनुभएको छ ।

स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर, संविधान र लोकतन्त्रको रक्षा गर भन्ने नाराका साथ संजीवनी सामुदायिक अस्पतालबाट निकालिएकोे राके जुलुस चन्द्रौटा चोक आएर कोणसभामा परिणत गरिएको थियो ।
तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग जोडिएकाले त्यसतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै कार्यक्रममा सहभागी एमाले निकट, दलका नेता, कार्यकर्ताहरुले राके जुलुस निकालेका हुन् ।

देउवा सरकारले स्थानीय चुनावलाई पर सार्न षड्यन्त्र गरिरहेको भन्दै विरोध पर्दशन गरेको छ । जनप्रतिनिधि बिहीन स्थानीय सरकार राख्ने गठबन्धन सरकारको षडयन्त्र गरिरहेको यवाहरुले बताएका छन् । आउँदो जेठ ६ गते अघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गरेको छैन । निर्वाचन आयोग, प्रतिपक्षी दल एमाले, संविधान तथा कानुनविद् लगायतले यथाशीघ्र चुनावको मिति घोषणा गर्न माग गरिरहेका छन् ।

राष्ट्रिय युवा संघ जिल्ला संयोजक कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका विभिन्न जनसङ्गठनका संयोजक तथा सदस्यहरु, जिल्ला पार्टी सदस्य टोपलाल पोखरेल, नगर कमिटी अध्यक्ष, जगत पौडेल, उपाध्यक्ष महादेव पोखरेल, सचिव शरद अधिकारी, नगर कमिटी सदस्यहरुको

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu