Connect with us
Kapilvast Forest

लगातार चौथो दिन पनि घट्याे सुनको मूल्य

२०७८, १६ माघ आईतवारमा प्रकाशित

काठमाडौं- आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य बुधबारयता तोलामा दुई हजार दुई सय रुपैयाँले घटिसकेको छ । गत बुधबार छापावाल सुनको प्रतितोला खरिद बिक्री मूल्य ९४ हजार ४ सय रुपैयाँ थियो ।

आजका लागि छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ छ । शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा छापावाल र ९२ हजार एक सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा सुनको मूल्य तलमाथि हुनुमा स्वदेशी कारण कुनै नहुने नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्य बताउँछन् । यस पटक मूल्य घटबढ हुनुमा अमेरिकी फेडरल बैंकको ब्याजदर मुख्य कारणको रुपमा देखिएको उनले बताए।

बैंकले ब्याजदर बढाउने हल्लाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनबाट लगानीकर्ताहरु बैंक निक्षेपमा जान सुनको बिक्री गरिरहँदा मूल्य घट्न सघाउ पुगेको बज्राचार्यको बुझाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा हुने नगद लगानी मुख्यत सुन, शेयर र ठूला फेडरल बैंकको निक्षेपमा हुन्छ,’ बज्राचार्यले भने, ‘अमेरिकन र युरोपेली शेयर बजार राम्रो अवस्थामा नरहेका कारण सुनबाट लगानीकर्ता फेडरल बैंकको निक्षेपमा आकर्षित भएको हुनुपर्छ ।’

फेडरल बैंकले निक्षेपको ब्याज बढाउने निर्णय अझै हल्लाकै रुपमा रहेकाले मूल्यमा केही दिन तलमाथि देखिइरहने उनको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu