Connect with us
Kapilvast Forest

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट 

२०७८, १६ माघ आईतवारमा प्रकाशित

nepse high

 

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ ।

सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई दुई हजार ८८५.५३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ । नेप्सेमा उच्चा अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन ।

कूल २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर रु ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४६.९९, व्यापार १४६.३३, होटल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत् १८२.९, वित्त १५२, निर्जीवन बीमा ४३१.६१, उत्पादन १९७.७५, अन्य ८३.६९, लघुवित्त १७३.४६, जीवन बीमा ५४८.०६, सामूहिक लगानी कोष ०.२८ र लगानी ५.६९ अंकले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६०० बराबर पुगेको छ । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड १५ लाख ६१ हजार १३४ बराबरको कारोबार भयो ।

यस्तै, दूरसञ्चार कम्पनी रु २३ करोड ६२ लाख नौ हजार ३०८, एचआइडिसिएल रु २३ करोड तीन लाख ९८ हजार ३७६, अरुण भ्याली हाइड्रोपावर रु २१ करोड ९६ लाख ३६ हजार ५०१ र माथिल्लो तामाकोशी रु १४ करोड ११ लाख ७० हजार ३४१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । त्यसमा बिन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन् ।

यस्तै अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाए । त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एशिया सेलेक्ट फण्ड २.२३, मेगा म्युचुअल फण्ड एक १.९३, सानिमा लार्ज क्याप फण्ड १.९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu