Connect with us
Kapilvast Forest

दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटना छानबीन गर्न समिति गठन

२०७८, १७ माघ सोमबारमा प्रकाशित

काठमाडौं-इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटनाबारे छानबीन गर्न प्रहरीले समिति बनाएको छ ।जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबीनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति बनाएको हो ।

 

जिल्लाको रोङ गाउँपालिका–४, पहिरोमा गत १२ माघमा जीप दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको मृत्यु भएको थियो ।

घटनामा उनीहरुको साथमा रहेको करिब चार लाख रुपैयाँ र आधा तोला सुनको औंठी हराएको थियो ।मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर विक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

‘खसीबाख्रा किन्न उहाँहरु नगद बोकेर जानु भएको थियो, घटनास्थल पुग्दा प्रहरी र स्थानीयको भिड थियो’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

जिल्ला प्रहरी कार्यालय, इलामले सोमबार विज्ञप्ति जारी गर्दै ‘सञ्चारमाध्यममा आएको विषयबारे’ विस्तृत रुपमा अध्ययन भइरहेको भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा कसैको संलग्नता पाइए कानून बमोजिम कडाभन्दा कडा कारबाही हुनेछ ।’

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खसेको थियो ।

हेर्नुस् जिल्ला प्रहरी कार्यालय इलामले निकालेको विज्ञप्ति

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu