Connect with us
Kapilvast Forest

दूधको मूल्य १३.१७ प्रतिशतले वृद्धि

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

milk

 

काठमाडौं-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्री बताए । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

 

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले जानकारी गराएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो ।

जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.८१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ । त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ । गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ । अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

बोर्डले सिफारिस गरेको मूल्य कति ?

दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले एउटा समिति गठन गरेको थियो । सो समितिले एक महिना लगाएर सातवटै प्रदेशमा गएर अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदन अनुसार प्रशोधित दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यसमा घटाएर सरकारले मूल्य निर्धारण गरेको छ ।

हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरमा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नु पर्ने देखिएको बोर्डको सिफारिसमा उल्लेख थियो ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाइएको थियो । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपैयाँ कायम गरिएको थियो । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपैयाँ कायम गरिएको थियो । किसानबाट खरिद गरिएको कच्चा दूध प्रतिलिटर ५३.५० रुपैयाँ र प्रशोधित लागत प्रतिलिटर ३०.५० रुपैयाँ गरी प्रतिलिटर ८४ रुपैयाँ हुन जान्छ । त्यसमा उद्योगीले २ रुपैयाँ मुनाफा लिएर उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको थियो ।

आर्थिक वर्ष २०६७/०६८ मा दूधको उपभोक्ता मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो । २०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो ।

दूधको गुणस्तर सुधार गर्न ६८ प्रतिशत अल्कोहलले परीक्षण गरी दूध खरिद विक्री गर्ने गरिएको छ । नेपालमा वार्षिक कूल दूध उत्पादन २३ लाख एक हजार मेट्रिक टन पुगेको छ । कूल दूध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट भएको देखिन्छ । गाईले औसतमा प्रतिवेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दूध दिने गरेको देखिन्छ । जुन अन्य मुलुकको तुलनामा उत्पादकत्व अत्यन्तै न्यून हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu