Connect with us
Kapilvast Forest

निर्वाचन घोषणा गर्न माग गर्दै अखिलले गर्‍यो मन्त्री क्वाटर अगाडि प्रदर्शन

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ । २०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल मिति घोषणा गर्न माग गर्दै मंगलबार पुल्चोकस्थित मन्त्री क्वाटर अगाडि अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

उनीहरुले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ जस्ता नारा लगाउँदै मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्। मिति घोषणा नगरेको भन्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन्। उनीहरुले मन्त्री सवार गाडीमा कालोझण्डासमेत फालेका छन् ।

मंगलबार प्रतिकात्मक रुपमा प्रतिगामी सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियुकी अध्यक्ष सुनीता बरालले जानकारी दिइन्। उनका अनुसार माघ १९ गते संघिय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानूनविद्हरुको उपस्थितिमा सडक बहस गर्ने कार्यसूची छ ।

स्थानीय सरकारहरुलाइ जननिर्वाचित प्रतिनिधिरहित बनाउने अभिप्रायको साथ स्थानिय तहको निर्वाचनलाई संवैधानिक ब्यवस्थाको बर्खिलाप हुने गरि टार्ने प्रपञ्च गरिदैँछ। दशकौंसम्म स्थानीय निकायहरु जनप्रतिनिधिविहिन हुदाँ विगतमा मुलुकले ब्यहोर्नुपरेको भयंकर क्षतिलाइ नजरअन्दाज गर्दै, आम जनता र मुलुकको सबैभन्दा ठूलो राजनीतिक पार्र्टी नेकपा एमालेले पटक–पटक स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न गरिरहेको आग्रहलाइ लत्याउदै वर्तमान अप्राकृतिक सत्ता गठबन्धन देशलाई अँध्यारो तर्फ डोर्‍याउनन उद्दत रहेको कुरा प्रष्ट रहेको अखिलको ठहर छ।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न आयोग र प्रमुख प्रतिपक्ष दल एमालेले दबाब दिँदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।

ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। चर्को दबाब पछि सत्ता गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न सहमति भएको नेताहरु बताउँदै आएका छन्।

आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमा सम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu