Connect with us
Kapilvast Forest

नयाँ पार्टी खोल्दै वामदेव

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

काठमाडौं-केही समयअघि नेकपा (एमाले)को उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गर्नु भएको छ ।पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको छ।

‘नयाँ पार्टी दर्ताको तयारी भइरहेको छ। केही दिनमै निर्वाचन आयोगमा जान्छौं,’ सचिवालय स्रोतले भन्यो।गौतम अहिले राष्ट्रिय सभा सदस्य हुनुन्छ । २०७४ सालको संसदीय चुनावमा बर्दिया-१ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई मनोनित र्नु भएको थियो । गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बन्नु भएको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य हुनुन्थ्यो । नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष हुनुन्थ्यो । एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जानु भएको छैन ।

गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी हुनु भएको छैन ।२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गर्नु भएको थियो । मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu