पहिलो हाफमा मोरिसविरुद्ध नेपाल १ शून्यले अगाडि
काठमाडौं- अफ्रिकी मुलुक मोरिससविरुद्धको मैत्रीपूर्ण दोस्रो खेलको पहिलो हाफमा नेपालले आग्रता लिएको छ। खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिनुभएको हो।
खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो।
खेलको ११ औं मिनेटमा मोरिससले पाएको पेनाल्टी मिस गरेको थियो। मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टीलाई नेपाली टिमका कप्तान तथा गोल किपर किरण चेम्जुङले सहजै बचाउनुभयो।
जारी खेलमा दिनेश राजवंशीलाई फल गरेपछि मोरिससका फनाल्डो ज्याक्सन र आशिष लामालाई समातेपछि जोनाथनले पहेंलो कार्ड पाउनुभएको छ।
यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो। पहिलो मैत्रीपूर्ण खेलमा नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो।
शनिबार मैदानमा रहेका रक्षक अनन्त तामाङ र प्रशान्त अवस्थी मंगलबारको खेलमा मैदान बाहिर हुनुहुन्छ। तामाङ र अवस्थीको अनुपस्थितिमा मनिष डाँगी र दर्शन गुरुङले अवसर पाउनुभएको छ।