Connect with us
Kapilvast Forest

खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही:ओली

२०७८, २० माघ बिहीबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही भएको बताउनु भयो ।जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।फागुनभित्रै स्थानीय तह निर्वाचन गराउन सरकारलाई एमालेले पटकपटक ध्यानाकर्षण गराए पनि नसुनेको उहाँको दाबी थियो।

भक्तपुरमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले जेठ ४ मा स्थानीय चुनाव गर्नुपर्ने बताउनु भएको हो ।त्यस्तै एमाले सचिवालय बैठकले तत्काल स्थानीय चुनाव गर्न सरकारसँग माग गरेको छ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले स्थानीय तह चुनावको मिति बिहीबारसम्म नतोके दबाबमुलक कार्यक्रम गरिने बताउनु भयो ।प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा जेठ ४ मा स्थानीय चुनाव गर्ने समझदारी गर्नु भएको थियो तर मन्त्रिपरिषदबाट चुनावको मिति भने सरकारले घोषणा गरिसकेको छैन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu