Connect with us
Kapilvast Forest

एमाले एमसीसीलाई संसदमा लैजानुपर्ने पक्षमा उभिएपछि गठबन्धनमा भूकम्प

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 

काठमाडौँ – एमसीसीबारे विवाद चर्केर सत्तारुढ पाँच दलीय गठबन्धन धरमराएका बेला प्रमुख विपक्षी नेकपा एमाले यो विषयलाई संसदमा लैजानुपर्ने पक्षमा उभिएको छ । एमसीसीबारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्ने मत एमालेले अघि सारेको हो ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीबारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप पनि लगाउनुभयो । एमसीसी विकास परियोजना भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यसलाई लिने कि नलिने भन्ने विषय संसद र राजनीतिक दलहरुको स्वेच्छिक रोजाइ भएको बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको भन्दै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग सुधार गर्नुपर्ने बुँदाहरु माग गर्नुभएको छ ।

आज बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्ड र माधवले यथास्थितिमै एमसीसी पारित गरेर जान नसकिने बताएपछि देउवाले त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु माग गनुभएको हो ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्न अघि सरेपछि यसकै कारण पाँच दलीय गठबन्धन टुट्ने चर्चा हुन थालेको छ । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

एमसीसीका कारण गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइसकेको उहाँको दाबी छ । तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गर्नुभएको छ ।

अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गर्नुभयो । गठबन्धन तोड्न एमालेले प्रस्ताव गरेको भए पनि सफल नहुने उहाँले बताउनुभयो ।

तर एमाले नेता महेश बस्नेतले भने एमालेसँग चुनावी तालमेल गर्न नेकपा एस र माओवादी केन्द्र लालायीत रहेको दाबी गर्नुभयो । भित्रभित्रै एमालेसँग सम्भावित चुनावी तालमेल गर्न नेकपा एस र माओवादी भित्रका केही शक्ति सक्रिय बनिरहेको सूचना आफूले पाएको बस्नेतको दाबी छ । तर राजनीतिमा च्याखे थाप्ने प्रवत्ति अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

एमसीसी नेपालको हितमा नरहेको भन्दै स्वीकार गर्न नहुने जनमत नपालमा बलियो बनेको छ । तर एमसीसीबारे फैलाइएको गलत हल्ला चिर्न सरकारले गाउँ गाउँमा सम्झौताको प्रतिलिपि बाँडेर यथार्त कुरो जनतालाई बझाउनुपर्ने माग सत्ता गठबन्धनका केही नेताहरुले गरिरहेका छन् । कतिपय नेताहरु भने एमसीसीबारे थप अध्ययन आवश्यक रहेकोले हतारो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu