Connect with us
Kapilvast Forest

नेप्सेको सिइओमा कृष्णबहादुर कार्की

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं – सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ।अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताउनु भयो । उहाँले शेयर बजारलाई व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्नु भयो ।

तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो। पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu