Connect with us
Kapilvast Forest

गुल्मीमा हिमपात

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

गुल्मी – बिहीबार रातिदेखि गुल्मीका उच्च पहाडी स्थानमा वर्षासँगै हिमपात भएको छ । रेसुङ्गा, मदाने, सालिमेदह लगायतका उच्च पहाडी स्थानमा हिमपात भएको हो ।

गत पुस महिनाको १५ गते रेसुङ्गामा व्यापक हिउँ परेको थियो । यसवर्ष रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ ।

शुक्रबार दिनभर परेको पानी परेकाले जिल्लाका उच्च स्थानमा हिउँ परिरहेको छ । सदरमुकाम तम्घासबाट उच्च स्थानमा रहेको रेसुङ्गा डाँडामा हिउँपर्दा तम्घास बजारका स्थानीयले नजिकैबाट हिउँपरेको दृश्य अवलोकन गर्न पाएका छन् । सधैंं जसो हरियाली डाँडा देखिने रेसुङ्गामा हिउँपर्दा मनमोहक दृश्य बनेको छ ।

 

यस्तै जिल्लाका सालिमेदह लगायतका उच्च स्थानहरुमा पनि हिउँ परेको छ । २०६२ सालको फाल्गुनमा जिल्लाको सदरमुकाम तम्घास बजारमै हिमपता भएको थियो ।

त्यसपछि भने तम्घास बजारमा हिमपात भएको छैन् । गुल्मी जिल्लाका अन्य उच्च स्थानमा भने जाडो सिजनमा हिमपात हुँदै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu