Connect with us
Kapilvast Forest

प्युठानमा दुलही लिएर फर्किँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

२०७८, २२ माघ शनिबारमा प्रकाशित

प्युठान- प्युठानको गौमुखी गाउँपालिकास्थित लिवाङ ओखरपोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुलही लिएर फर्किँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ३ बजे गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङ ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा सवार अन्य सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बिजुवार पुर्‍याइएको छ ।

जिप सडकबाट करिब ३ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । घाइते तथा मृतकको विवरण प्राप्त हुन बाँकी रहेको लिवाङ प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu