स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुपर्छ : ढकाल
विराटनगर- नेकपा (एमाले)का नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ ।एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताउनु भएको हो ।
स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भएको हो ।संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताउनु भयो ।
अवधि सकिएको ६ महिनापछि चुनाव गर्नुपर्ने तर्क गलत रहेको उहाँको भनाइ छ ।यसैबीच, प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ ।