Connect with us
Kapilvast Forest

क्यानडामा कोरोना खोपविरुद्ध देशव्यापी प्रदर्शन

२०७८, २३ माघ आईतवारमा प्रकाशित

 

काठमाडौं- क्यानडामा कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य बनाइएको विरोधमा सुरु भएको प्रदर्शन देशभर फैलिन थालेको छ । राजधानी ओटावाबाट अन्य सहरमा समेत कोभिड खोपविरुद्धको प्रदर्शन देशव्यापी बन्न थालेको हो ।

शनिबार क्यानडाका कैयौं सहरमा हजारौं मानिसले शान्तिपूर्ण जुलुस निकाल्दै कोभिड खोपविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् । सुरुमा ट्रक ड्राइभरले सुरु गरेको प्रदर्शनमा अन्य मानिससमेत सहभागी हुन थालेको अलजजिराले जनाएको छ ।

 

राजधानी ओटावामा झण्डै पाँच हजार मानिसले प्रदर्शन गरेको प्रहरीले जनाएको छ । त्यस्तै, क्यानडाको सबैभन्दा ठूलो सहर टोरन्टोमा समेत कैयौं मानिस जम्मा भएर प्रदर्शन गरेका थिए । क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोपविरुद्ध प्रदर्शन भएको समाचारमा उल्लेख छ ।

‘हामीहरू अनिवार्य नियम, त्रास र ठूलो जेलमा बस्दा-बस्दै वाक्कदिक्क भएका छौं’ रोबर्ट नामक प्रदर्शनकारीले रोइटर्स समाचार माध्यमलाई भने, ‘उनीहरूले खोप भनेको विषलाई नलगाइकनै सामान्य अवस्थामा फर्किन चाहन्छौं ।’

 

‘फ्रिडम कन्भोय’ समेत भनेर क्यानडा र अमेरिकाको सीमा वारपार गर्ने ट्रक ड्राइभरले अनिवार्य कोभिड खोपविरुद्ध सुरु गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री जस्टिन ट्रुडो र सार्वजनिक स्वास्थ्यसम्बन्धी मापदण्डको आलोचना गर्न समेत थालिएको छ ।

प्रदर्शनकारीले आठ दिनदेखि ओटावाको केन्द्र भाग ठप्प पारिरहेका छन् । तर प्रहरीले अमेरिमा रहेका सहानुभूतिकर्ताबाट प्राप्त आर्थिक सहयोगमा प्रदर्शनकारी भर परेको बताएको छ । यसैबीच, ओटावाबासीले प्रदर्शनका कारण सडक अस्तव्यस्त भएको भन्दै प्रदर्शनकारीबाट ८० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।

‘ट्रक ड्राइभरले ७-८ दिनदेखि हामीलाई आतंकित बनाइरहेका छन्’ विश्वविद्यालयका विद्यार्थी स्याफ्रन बाइन्डरले एएफपीसँग भने, ‘सडकलाई कब्जा गर्ने कार्य बन्द हुनुपर्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu