Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीका १४ सांसदलाई नहटाएसम्म संसद् चल्न नदिने एमालेको अडान

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान दोहोर्‍याएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहोर्‍याउनुभएकाे हो ।

यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राख्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

‘गैरसांसदको उपस्थितिमा संसद् चल्न सक्दैन, दलले कारबाही गरेका सांसद राखेर संसद् चलाउने विषय सुहाउँदो होइन, त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हामीले भनाइ राखेका छौँ,’ पोखरेलले भन्नुभयो ।एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu