Connect with us
Kapilvast Forest

सूर्य थापाको तर्क- एमसीसी फिर्ता भए प्रचण्ड र माधव नेपाल जिम्मेवार 

२०७८, २४ माघ सोमबारमा प्रकाशित

surya thapa

 

काठमाडौं- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले अमेरिकी सहायता परियोजना (एमसीसी) मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भन्दै त्यसलाई विद्रूप बनाउने काम भएको अरोप लगाएका छन् ।

 

‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’

एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल नै हुने थापाको भनाइ छ। ‘जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुन्डले गरिरहेको छ,’ उनको भनाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu