कपिलवस्तुमा राप्रपाको संगठन विस्तार जारी
कपिलवस्तु-
राप्रपा कपिलवस्तुले आफनो संठन विस्तार जारी राखेको छ । राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाह, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, शिवराज नगर अध्यक्ष राम बहादुर रायमाझी, राप्रपा थुन्ह्यिा अध्यक्ष गंगाराम चौधरी लगायतको रोहबरमा संगठन विस्तार कार्य जारी रहेको छ ।
राप्रपा कपिलवस्तुले आफनो संठन विस्तार कार्य अन्तरगत जिल्लाको शिवराज नगरपालिका वडा नं ५ मा संगठन विस्तार गरिएको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।
राप्रपा शिवराज ५ को अध्यक्षमा सफिक मोहम्म्द मुसलमानको अध्यक्षतामा २१ सदस्य वडा समिति विस्तार गरिएको छ । जस्को उपाध्यक्षमा मुज्जमील शाह, नुर मोहम्मद मिया, मकसुद मिया, सचिव राज कपुर चौधरी, सहसचिव सवित्रा पाण्डे, कोषाध्यक्ष यासिन हलवाई रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा नफिक अहमद मुसलमान, शिव मंगल मुराउ, राज कुमार यादव, छोटेलाल यादव, असरफी यादव लगायत रहनु भएको प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले बताउनुभयो ।