Connect with us
Kapilvast Forest

भारतको एसेन्सो टायर नेपाली बजारमा भित्रियो

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं – नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् ।

ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ‘एसेन्सो’ टायर सार्वजनिक गर्नुभयो । सो अवसरमा अध्यक्ष सिंहले भन्नुभयो, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भन्नुभयो, ‘हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध गराउदै आएका छौ । यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’ उहाँले यो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षा गर्नुभएको छ ।

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । भारतको प्रतिष्ठित महंसरिया परिवारद्वारा सञ्चालित यो तेस्रो उद्यम हो । भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu